आगलागीबाट १० लाख वरावरको क्षति

Posted on: 15 Apr, 2019

वैशाख २, खोटाङ | खोटाङको खार्मीमा आगलागीबाट १० लाख वरावरको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीको साविक वडा नं. १ स्थित कोछिकाका स्थानीय भीम बहादुर तामाङ र टंकनाथ तामाङको घर जलेर नष्ट हुंदा ९ लाख ९२ हजारको क्षति भएको हो ।

सोमबार दिउँसो करीव १ वजेबाट लागेको आगोले फुसको छानो भएको घर जल्दा भीम बहादुरको ७ लाख ८८ हजार र टंकनाथको २ लाख ४ हजार रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए । आगलागीको कारण खुल्न सकेको छैन ।

पुर्णरुपमा घर जलेपछि आगलागी पिडीत आफन्तको घरमा सहारा लिएर बसेको स्थानीय राजन भट्टराईले जानकारी दिए । आगोलाई स्थानीयले नियन्त्रणमा लिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!