पोखरामा एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा चार जना पक्राउ

Posted on: 16 Apr, 2019

 वैशाख ३, पोखरा । पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो । सोमबार ती युवतीमाथि जबर्जस्ती करणी भएको र सोही दिन चार जनालाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!