भक्तपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

Posted on: 17 Apr, 2019

  बैशाख ४, भक्तपुर ।  मंगलबार राति च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा ५ ख ३८३९ नम्बरको ट्रकले ठक्कर दिँदा एक पैदल यात्रीको ज्यान गएको छ ।

ट्रकको ठक्करबाट रामेछाप सुनपाती गाउँपालिका–३ घर भई भक्तपुर नगरपालिका–९ च्यामासिंह बस्ने ३५ वर्षीय चन्द्रबहादुर मोक्तानको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

ट्रकको ठक्करपछि गम्भीर घाइते भएका मोक्तानको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा राति ज्यान गएको प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

ठक्कर दिने ट्रक र चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भई भक्तपुर–१० कमलविनायक बस्ने ३१ वर्षीय राजु नेपाली प्रहरीको  नियन्त्रणमा छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!