श्रीमतीको सम्झनामा भवन निर्माण

Posted on: 17 Apr, 2019

वैशाख ४, तुलसीपुर (रासस) | घोराही उपमहानगरपालिका–१५ निवासी मेघबहादुर केसीले स्व श्रीमती बसन्ता केसीको सम्झनामा मन्दिर परिसरमा एककोठे भवन र प्रतिक्षालय निर्माण गर्नुभएको छ । 

केसीले घोराही–१८ गिठेपानी, मसिनामा रहेको त्रिमूर्ति नागदेव मन्दिरमा एककोठे भवन र प्रतिक्षालय निर्माण गरिदिनुभएको हो ।

आफ्नो श्रीमतीको नाम बचाइ राख्नका लागि सानो भए पनि सहयोग गरेको उहाँले बताउनुभयो । उक्त भवन तथा प्रतिक्षालय रु दुई लाख तीन हजारको लागतमा निर्माण गरिएको हो ।  निर्माणकर्ता केसीले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर विष्टलाई सो भवन तथा प्रतिक्षायल मङ्गलबार हस्तान्तरण गर्नुभएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!