सल्यानमा एक पुरुष शंकास्पद अवस्थामा मृत फेला

Posted on: 18 Apr, 2019

बैशाख ५, सल्यान । सल्यानमा एक पुरुष मृत फेला परेका छन् ।

कपुरकोट खोलिगाउँका ४३ वर्षीय फौद बहादुर भण्डारी मृत अवस्थामा फेला परेका हुन् । उनको हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ । 

उनको शव कपुरकोट ५ रिमको तिनडाँडा भन्ने स्थानमा फेला परेको थियो । टाउकोमा गहिरो चोट लागेको अवस्थामा भण्डारी मृत फेला हुन् । उनको बुधबार राति हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

मृतकको परिवारको कोही पनि सम्पर्कमा नआएको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!