काठमाडौं जिल्ला अदालतको आदेशपछि पत्रकार गिरी साधारण तारेखमा रिहा

Posted on: 18 Apr, 2019

बैशाख  ५, काठमाडौं । समाचार लेखेको आधारमा पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरीलाई साधारण तारेखमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। विद्युतीय कारोबार ऐन अन्तर्गत दायर भएको मुद्दामा थुनछेक आदेश गर्दै अदालतले उनलाई धरौटी बिना रिहा गर्न आदेश दिएको हो।

साइबर अपराध मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका गिरीलाई जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजालसले तारेखमा रिहा गर्न आदेश दिएको हो। उनीविरुद्ध पोखराका व्यवसायी विपेन्द्रराज बतासले उजुरी दिएका थिए। उजुरी लगत्तै प्रहरीले अनुसन्धानका लागि भन्दै ताण्डव साप्ताहिक तथा अनलाइनका सम्पादक गिरीलाई गत सोमबार नियन्त्रणमा लिएको थियो। 

पत्रकार गिरीलाई पक्राउ गरेरको विरोधमा नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको थियो। विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै उक्त दफाको खारेजीको माग राख्दै नेपाल पत्रकार महासंघले विहिबार देशभरका जिल्ला प्रशासन कार्यालय अगाडी १ घण्टा धर्ना दिएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!