धर्नामा निमित्त सिडिओको दादागिरी

Posted on: 18 Apr, 2019

बैशाख ५, सुर्खेत । विद्युतीय कारोवार ऐनको दफा सच्याउनु पर्ने माग राख्दै सुर्खेतका पत्रकार बिहिबार जिल्ला प्रशासन कार्यालय पुगे । पोखराका पत्रकार अर्जुन गिरीलाई विद्युतीय कारोवार ऐनको दफा आकर्षित गर्दै पक्राउ सिआईवीले पक्राउ गरेको थियो । त्यसैको विरोधमा नेपाल पत्रकार महासंघले देशभरी नै आन्दोलनको घोषणा ग¥यो । सोहीअनुसार सुर्खेतका पत्रकारहरु बिहिबार जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना दिन पुगे ।


तर जिल्ला प्रशासन कार्यालय सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले पत्रकारहरुलाई प्रशासनमा प्रवेशमा रोक लगाएको आदेश सर्कुलर गरिन् । लाठी बोकेका छैनौं प्रशासन प्रशासनमा शान्तिपूर्ण धर्ना दिन आएको महासंघ पदाधिकारीले जानकारी गराउँदा समेत प्रहरी लगाएर निमित्त सिडिओ भट्टराईले पत्रकारलाई प्रवेशमा रोक लगाइन् । निमित्त सिडिओको निरकुंश शैलीविरुद्ध सुर्खेतका पत्रकारहरुले आपत्ती जनाएका छन् । ३० गाडी प्रहरी बोलाएर निमित्त सिडिओ भट्टराईले प्रशासन परिसरमा धर्ना दिन रोक लगाएकी थिइन् । शान्तिपूर्ण आन्दोलनमा सिडिओको व्यवहार गलत भएको टिप्पणी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले गरे । उनले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी तथा विभिन्न आरोपमा पक्राउ गरिएका पत्रकारको रिहाइको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिदा निमित्त प्रमुख जिल्ला अधिकारीले गरेकोशैलीप्रति आपत्ति जनाए । सरकारले पत्रकारलाई विभिन्न मुद्दाहरु लगाएर दुख दिने नियत राखेकाले तत्काल ऐनको दफा ४७ र ४८ खारेजको सेजुवालले माग गरे । विगतदेखी नै नेपालमा स्वतन्त्र पत्रकारीता रहेकाले सरकारले विभिन्न बहानामा पत्रकारलाई दुख िदिने संस्कार तत्काल अन्त्य गर्न आग्रह सेजुवालले गरे । सरकारले पत्रकारमाथि धरपकड जारी राखे महासंघ मौन बस्ने चेतावनी सेजुवालले दिए । पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले सुर्खेतका प्रमुख जिल्ला अधिकारीले गरेको व्यवहार गलत भएको भन्दै भत्र्सना गरे । उनले शान्तिपूर्ण आन्दोलनमा प्रहरी लगाएर सिडिओ र एसपीले गरेकोशैली निरकुंश भएको उल्लेख गरे । उनले पत्रकारहरु माथीको हमला संविधान विरुद्धको क्रियाकलाप भएको भन्दै प्रेस स्वतन्त्रताको लागि फेरी पनि आन्दोलन गर्न बाध्य नपार्न सरकारलाई चेतावनी दिए । हिजोका अधिकार प्राप्तीमा आन्दोलनको अग्रमोर्चामा रहेको प्रेसलाई बन्देज लगाउन खोज्नु सही नभएको उनको भनाई छ । नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले पत्रकार महासंघको आन्दोलन संविधानको मर्मलाई बचाउँनको लागि भएको बताए । उनले संविधानको मर्म विपिरित बनेको ऐनलाई तत्काल खारेज गर्नुपर्ने बताए । राजनैतिक हक र अधिकारको लडाईमा राजनैतिक दलभन्दा जहिले पनि अगाडी लाग्ने र जनतालाई सुसुचित पार्ने पत्रकारहरुलाई विभिन्न बहानामा संविधानको बर्खिलापमा गएर पक्राउ गर्नु र मुद्दा लगाउनु राम्रो नभएको उनको भर्नाइ छ । प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर्न सरकारलाई पत्रकारहरुले माग गरेका छन् । विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजीको माग गर्नु पर्ने पत्रकारहरुको माग छ । अन्यथा कडा आन्दोलन गर्ने पत्रकार नेताहरुको चेतावनी रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!