बैतडीमा पनि भिटामिन ए र जुकाको औषधी खुवाईदै, ८३१ महिला स्वास्थ्य स्वयमसेविका परीचालन

Posted on: 19 Apr, 2019

कृष्ण बिष्ट, बैशाख ६, बैतडी । दोश्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तरगत बैतडीमा पनि आज र भोली भिटामिन ए र जुकाको औषधी खुवाईदै छ । देशका ७७ वटै जिल्लाहरुमा ६ महिना देखि पाँच वर्ष सम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाईने कार्यक्रम अन्तरगत बैतडीमा पनि सो औषधि खुवाईन लागीएको हो । 

पहिलो चरण अन्तर्गत यसअघि भीटामिन ए र जुकाको औषधि खुवाएका बालबालिकालाई यसपटक पनि खुवाउनुपर्ने पाटन नगरपालिकाका स्वास्थ्य संयानेजक मदन महराले जानकारी दिनुभयो । 

जिल्लामा  ८३१ जाना महिला स्वास्थ्य स्वयम सेविका द्धारा सम्बन्धित खोप केन्द्र बाट भिटामिन ए र जुकाको औषधी खुवाईन लागिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका मेडिकल रेकर्डर मोहन ठगुन्नाले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!