धादिङमा बसको ठक्करबाट एकजनाको मृत्यु

Posted on: 19 Apr, 2019

चैत ६, काठमाडौं । धादिङमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

शुक्रबार विहान धादिङबेशीबाट गजुरीतर्फ आउँदै गरेको बा४ख ८६६७ नम्बरको बसले निलकण्ठ नगरपालिका-८ ससाह चौतारास्थित कालुपाण्डे राजमार्गमा ठक्कर दिदा स्थानीय ५० वर्षीय ज्ञानबहादुर दाहालको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने बस र चालक निलकण्ठ नगरपालिका-८ मुरलीभनज्याङका ३३ वर्षीय गणेश श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय धादिङले नियन्त्रणमा लिएको छ ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङ लगिएको प्रहरीले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!