बैतडी शाक्षर जिल्ला घोषणा

Posted on: 19 Apr, 2019

कृष्ण बिष्ट | बैशाख ६, बैतडी । बैतडी शाक्षर जिल्ला घोषणा भएको छ । जिल्लामा १५ देखि ६० वर्ष उमेर समुहका नागरीकहरु शाक्षर भए सँगै जिल्लालाई शाक्षर जिल्ला घोषणा गरीएको हो । 

शाक्षर जिल्ला घोषण गर्न आवस्यक सुचक पुरा भए सँगै जिल्लालाई आज शाक्षर जिल्ला घोषणा गरीएको शिक्षा बिकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थीले जानकारी दिनुभयो । 


बैतडीमा कुल जनसँख्याको १५ देखि ६० वर्ष उमेर समुहका ९५ प्रतीसत जनसंख्या साक्षर रहेको उहाको भनाइ छ । जिल्लामा  २ लाख ५० हजार ८ सय ९८ जनसँख्या रहेको छ । गत असाड मासान्तमा नै जिल्लाका १० ओटै स्थानिय तह शाक्षर स्थानिय तह घोषणा गरी सकिएको  थियो । शिक्षा क्षेत्रमा नया फड्को मारेको आज आयोजित कार्यक्रमका सहभागिहरुले जोड दिएका थिए  । 

शिक्षा मन्त्री गीरीराजमणी पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको शाक्षर जिल्ला घोषणा कार्यक्रममा बोल्दै शिक्षा बिकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्र अवस्थीले बैतडीले शिक्षा क्षेत्रमा नया फड्को मारेकोले यह सम्म जिल्लालाई पुर्याउनमा सहयोग गर्ने सबै पक्षप्रती कृतज्ञता प्रकट गर्नुभएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!