श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

Posted on: 19 Apr, 2019

वैशाख ६, पर्सा । श्रीमान्कै कुटाइबाट फेरि पर्सामा एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी विर्ता निवासी पन्नालाल दासको कुटाइबाट आज उनकी ३२ वर्षीय श्रीमती अञ्जु देवीको मृत्यु भएको हो ।

गत चैत १५ गते वीरगञ्ज–११ श्रीपुर निवासी डा सचितानन्द यादवको कुटाइबाट श्रीमती सुनिता यादवको मृत्यु भएको थियो । 

पारिवारिक विषयलाई लिई भएको झगडामा दासको कुटाइबाट अञ्जुको मृत्यु भएको माइती पक्षले आरोप लगाएको प्रहरीले जनाएको छ । अञ्जुको शवलाई सद्गत गर्न घाटतर्फ लैजाने क्रममा माइती पक्षले दिएको जानकारीको आधारमा कारवाही गर्दा शवलाई छाडी श्रीमान्सहितका ससुराली पक्ष फरार भएको पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो । उहाँले अञ्जुको शरीरमा घाउ देखिएपछि शवलाई नारायणी अस्पतालमा परीक्षण गराइएपछि माइतीपक्षको जिम्मा लगाएको बताउनुभयो । 

घटनामा संलग्न रहेका श्रीमान् दासलगायतकाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!