मेक्सिकोमा १३ जनाको हत्या, बस दुर्घटनामा ११ जनाको मृत्यु

Posted on: 20 Apr, 2019

बैशाख ७, मेक्सिको । मेक्सिकोको पूर्वी राज्य भेराक्रुजको एक पार्टीमा अपरिचित बन्दुकधारीले चलाएको गोली लागेर एक बालक सहित १३ जनाको मृत्यु भएको छ ।

सार्वजनिक सुरक्षा निकायले पारिवारिक पुनर्मिलनको पार्टी चलिरहेको समयमा “एल बेकी” नाम गरेका स्थानीय बार सञ्चालकको खोजीमा आएको एक बन्धुकधारी समूहले अन्धाधुन्ध गोली चलाएको जनाएको छ । 

गोली लागेर सात जना पुरुष, पाँच जना महिला र एक बच्चाको मृत्यु भएको छ भने चार जना घाइते भाएका छन् ।

गोली प्रहार गर्नुको कारण अद्यापी थाहा हुन सकेको छैन, तर भेराक्रुजमा संगठित अपराध र बन्दुक हानाहानका हिंसात्मक घटना बारम्बार हुने गरेका छन् । यस्तो भिडन्त सामान्यतया लागूपदार्थका तस्करहरुबीच हुने गरेको प्रहरीले जनाएको छ ।

मेक्सिकोका तत्कालीन राष्ट्रपति फेलिपे काल्डेरोनले लागूपदार्थका तस्करविरुद्ध सन् २००६ देखि आक्रामक कारबाही थालेयता तीन लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । 

यसैबीच, कजाकस्तानमा शनिबार बिहानै भएको एक बस दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।रासस-एएफपी

यस बिषयमा तपाइको प्रतिक्रिया...!