बागलुङमा जन्ती चढेको बस दुर्घटना हुँदा ८ जना घाइते

Posted on: 21 Apr, 2019

 वैशाख ८, गलकोट । बागलुङको ताराखोला गाउँपालिकाको माँझखर्कदेखि लेखानीतर्फ आउँदै गरेको जन्ती चढेको बस आज काठेखोला गाउँपालिका–५ घोडाबाँधेमा दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । 

ध१ख ४६८ नंको बस दुर्घटना हुँदा गम्भीर घाइते तीन जनालाई उपचारका लागि धौलागिरि अञ्चल अस्पताल  ल्याइएको प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिनुुभयो । बस सडकबाट चिप्लिएर खसेको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!