बैतडीमा महोत्सवको चटारो

Posted on: 21 Apr, 2019

कृष्ण बिष्ट | बैशाख ८, बैतडी | बैतडीमा धमाधन महोत्सव अयोजना भइरहेका छन । जिल्लाका बिभिन्न ठाउहरुमा एक पछि अर्को महोत्सव सञ्चालन हुन थालेपछि महोत्सवको चटारो नै बढेको हो । चैत्र २० गते देखि हाल सम्म चार स्थानमा धार्मीक तथा सास्कृतीक महोत्सवको अयोजना गरिएको छ । 

चैत्र २० गते देखि १ हप्ता सम्म जिल्लाको पाटन नगरपालिकामा महोत्सवको अयोजना गरिएको थियो । यसैगरी सुर्नया गाउपालिका ५ स्थीत सिगास माबीमा २३ गते देखि धार्मीक महोत्सवको अयोजना गरीएको थियो । लगत्तै मेलौली नगरपालिकामा पनि २ गते देखि महोत्सव सञ्चालनमा रहेको छ । यो सँगै सिगास गाउपालिका वडा नं २ मा पनि तेश्रो च्वागड महोत्सवको आयेजना गरिएको छ ।


यसैगरी दोगडाकेदार गाउपालिकामा यहि बैशाख ११ गते देखि १३ गते सम्म महोत्सव सञ्चालन हुने भएको छ । “सुन्दर सुदूरपश्चिम हाम्रो शान,पर्यटन कृषि विकास हाम्रो अभियान” भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन हुन लागेको हो । लालीगुँरास सांस्कृतिक तथा पर्यटन विकास केन्द्रको आयोजनामा सञ्चालन हुने महोत्सवमा दोगडाकेदार गाउँपालिकाको सहयोग रहेको महोत्सव सञ्चालन समितिका अध्यक्ष भोजराज जोशीले जानकारी दिनुभयो । 

महोत्सवमा स्थानीय कला, संस्कृती,भेषभुषा झल्किने देउडा, छलिया लगायतका अन्य प्रस्तुती पनि रहने भएका छन् । महोत्सवले स्थानीय कला संस्कृतिको संरक्षण तथा कृषि तथा पर्यटकिय क्षेत्रको विकासमा सहयोग पुग्ने दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीको भनाई रहेको छ । श्रीकोट सनातन धर्म मावि खोचलेकको प्राङ्गणमा सञ्चालन हुने महोत्सव वैशाख १३ गते सम्पन्न हुने जनाईएको छ । 


जिल्लामा जारी महोत्सवमा दर्शकहरुको पनि बाक्लो उपस्थिती रहेको आयोजकहरुले जनाएका छन । राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहेने गरेकोमा दर्शकहरुको बाक्लो उस्थिती रहेको सिगास तेश्रो च्वागड महोत्सवका सास्कृतीक समितीका संयोजक मुरलीधर अवस्थीले जानकारी दिए ।

महोत्सवमा महिला र युवायुवतिहरुको उपस्थिती बढि देखिएको उनको भनाइ छ । “स्थानिय कलाकार र जिल्लाकै रीतिसस्कृती झल्कीने देउडा तथा छलिया नाचको प्रस्तूती रहने गर्दछ, उनले भने  “महिलाहरुलाई छलिय तथा देउडा प्रस्तुती मन पर्ने भएकाले महिलाहरुको उपस्थिती रहेको हो” ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!