काठमाडौँबाट लुक्ला उडेको तारा एयरको जहाज रापेछापको धावनमार्गमा चिप्लिएपछि...

Posted on: 22 Apr, 2019

बैशाख ९, काठमाडौँ – काठमाडौँबाट लुक्लाको लागि उडेको तारा एयरको जहाज रामेछापको धावनमार्गमा चिप्लिएको छ । लुक्लामा अवतरण गर्न नसकेर रामेछाप फर्किएको जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको हो ।  

सोमबार बिहान ९ बजेर ३८ मिनेट जाँदा जहाजको पांग्राले बारमा छुँदा हाइडोलिक फेल भइ रनवेबाट लगभग २ मिटर दाँयापट्टि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक शेख अदालतले जानकारी दिए । 

प्रहरीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन। जहाजमा विमानमा १४ विदेशी यात्रु र तीनजना चालक दल सदस्य थिए।नाइन एन– एकेके कलसाइन भएको उक्त जहाज क्याप्टेन पीजे शाहले उडाएका थिए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!