दाङमा सवारी दुर्घटना हुँदा १ को मृत्यु, २ घाइते

Posted on: 22 Apr, 2019

वैशाख ९, दाङ ।  लमहीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

लमही नगरपालिका–७, बनघुस्रीस्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ९१६७ नंको ट्रकमा सोही दिशाबाट आउँदै गरेको रा ३ प ७९५ नंको मोटरसाइकल पछाडिबाट ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा लमही नगरपालिका–७, उचानिम्बु बस्ने २२ वर्षीय लालु चौधरीको मृत्यु भएको छ । चौधरीको दाङको लमही अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए ।

मोटरसाइकलमा सवार १६ वर्षीय आशिष चौधरी र लमही नगरपालिका–३ मजगाउँ बस्ने १३ वर्षीय प्रकाश घर्तीमगर घाइते भएका छन् । उनीहरुलाई थप उपचारको लागि बाँकेस्थित मेडिकल कलेज कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!