७१ बर्षिय बृद्दा भन्छिन्- 'छाउ गोठको पिडा मलाई थाहा छ, छोरी र बुहारीलाई भोग्न दिन्न '

Posted on: 22 Apr, 2019

कमल रावल, बैशाख ९, अछाम । अछाम जिल्लामा छाउपडि प्रथा अन्त्यका लागि गोष्ठि, छलफल, अन्तरक्र्रिया हुदा प्रथा बढ्नुमा मुख्य दोषि सबैले बृद्धबृद्धा र धामि झाक्रिलाई मान्ने गर्दछन । 

परम्परागत सोच, धामि झाँक्रिका देबता रिसाउने कारण जसले पनि देखाउने गर्दछन तर साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका एक बृद्धा महिला नरपता बोहरा छाउपडि प्रथा मान्नै हुुदैन भन्ने अभियानमा छन । 

उमेरले ७१ पुग्नु भएका नरपता आफ्नो घरमा छोरी र बुहारी महिनावारि हुदा हातै समातेर घरमै सुरक्षित बस्नु पर्छ भनेर उनिहरुलाई घरमै राख्नु हुन्छ । उहाँले भन्नु भयो घरमा महीनावरि हुदा छोरी र बुहारी खाना पकाउनको डरले बाहीर बस्छौँ भन्छन तर म हात नै समातेर खाना पकाउ सँगै खाऔँ सगै बसु भन्छु, २०६९ साल पौष १६ गते भागेश्वर छाउपडि गोठमुक्त वडा घोषणा भईसकेपछि उहाँले महिनावारि भएका बेला सबैलाई दुध, दही, सहीत पोषिलो खानेकुरा समेत खान दिनुहुन्छ । 


पहिले आफुले छाउपडि गोठबस्दाको थुप्रै समस्या सुनाउदै त्यस्तो पिडा कुनै बुहारि, छोरीले भोग्नु नपरोस भन्दै सुरक्षित घरमै बस्नुपर्छ भन्ने अभियानमा लागेको बताउनु भयो । अछाममा अन्य वडा छाउपडि गोठमुक्त घोषणा भईसकेपछि फेरि छाउ गोठमै बस्न थाले भन्ने कुरालाई गलत हो भन्दै आफ्नो वडामा अहीले सम्म कोही पनी गोठमा नबसेको बताउनु भयो । 

अब आगामि दिनमा जसले छाउपडि प्रथा मान्छ र मान्न लगाउछ त्यसलाई नेपालको कानुुन अनुसार कारबाही गर्नु पर्नेमा उहाँको जोड रहेको छ । महिलामा छाउ हुनु प्रकृतिको नियम भएकाले परम्परागत रुपमा समाजमा छाउपडि प्रथा मान्ने बृद्धबृद्धा तथा धामि झाँक्रिलाई केहि नमानि नमुना ब्यक्तिको पहीचान दिन उहाँको आग्रह रहेको छ । ‘

मुलुकी अपराध संहिता विधेयक, २०७४’ले महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडी वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गरे वा गराएमा अपराध मानेको छ । २०७५ भदौ १ गतेदेखि लागु हुने गरि छाउपडि प्रथा मान्ने र मान्न लगाउने व्यक्तिलाई तीन महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!