समायोजन भएका कर्मचारीलाई हाजिर गराउन निर्देशन

Posted on: 22 Apr, 2019

वैशाख ९, काठमाडौँ (रासस) | सरकारले समायोजन भएर गएका कर्मचारीलाई सम्बन्धित कार्यालयमा हाजिर गराउन प्रदेश सरकार तथा स्थानीय तहलाई निर्देशन दिएको छ । 

समायोजन भएर गएका कर्मचारीलाई कतिपय स्थानीय तहले हाजिर गर्न नदिएको विषय सार्वजनिक भएलगत्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात प्रदेश सरकार र ७५३ स्थानीय तहलाई तत्काल कर्मचारीलाई हाजिर गर्न दिई कामकाजको वातावरण सहज बनाउन निर्देशन दिएको हो । मन्त्रालयले समायोजन भएर गएका कर्मचारीलाई हाजिर नगराउने र जिम्मेवारी नदिने अधिकारीलाई तत्काल कारवाही गर्ने चेतावनी दिएको छ । 

कर्मचारी समोजन ऐन, २०७५ ले सम्बन्धित निकायको प्रशासकीय प्रमुख वा अधिकारीले ऐनअनुसार प्रदेश तथा स्थानीय तहमा समायोजन हुने कर्मचारीलाई हाजिर गराई जिम्मेवारी दिनुपर्ने स्पष्ट व्यवस्था गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!