बैतडीका स्थानिय तह प्रबिधिमैत्री बन्दै

Posted on: 23 Apr, 2019

कृष्ण बिष्ट । बैशाख १० बैतडी । बैतडीका स्थानियतहहरु प्रबिधिमैत्री बन्दै गएका छन । संघिय संरचना अन्तरगत स्थानिय सरकार बनिसकेपछि कामकाज छिटो छरीतो र चुस्त दुरुस्त बनाउनको लागि पछिल्लो समयमा स्थानिय तहहरु प्रबिधिमैत्री बन्दै गएका हुन । 

गाउपालिका तथा नगरपालिका मात्रै नभइ वडा कार्यालयहरुमा इमेल तथा इन्टरनेटको प्रयोग हुदै आएको सम्बन्धित स्थानिय तहहरुले जनाएको छन । कम्प्युटर पद्धती बाट कमकाज गरी इमेल तथा इन्टरनेटको पहुचमा पुगेका यहाका ५ स्थानिय तहहरुले मावाइल एप्स नै प्रयोगमा ल्याएका छन । 

पालिकाको कार्यालय तथा वडा कार्यालयहरुमा हुदै गरेको कामकाजहरुको स्पस्ट तथ्याङ्क संकलन गर्दै चुस्त दुरुस्त राख्नको लागि आवश्यक प्रबिधि प्रयोग गरीरहेको दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दले जानकारी दिनुभयो ।

१० वटै स्थनिय तहहरुले पालिकाको कार्यलयमा कम्प्युटर प्राबिधिक कर्मचारी पनि भर्ना गरेका छन  । 

यसरी वडा पालिका तथा गाउपालिकाका कार्यलयहरुमा हुदै गरेका योजना तथा तथ्याङ्कहरुको तथ्याङ्क कम्प्युटर पद्धतीको माध्यामबाट चुस्त दुरुस्त राख्ने गरेको र मोवाइल एप्लीकेसनको माध्यामबाट देश तथा बिदेशमा रहेको पालिका बासीहरुलाई कार्यक्रमको बारेमा जानकारी गराउदै आएको दोगडाकेदार गाउपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिनुभयो । 

प्रबिधिको माध्यामबाट छिटो छरीतो र चुस्त दुरुस्त काम हुनेभएकाले सो अवधारण अबलम्बन गरेको जनप्रतिनिधिहरुले बताएका छन ।

यस्तै जिल्लाका दुर्गम गाउपालिकामा इन्टरनेटको पहुचबाट टाढा रहेका छन । यसरी आफ्नो पालिकामा इन्टरनेटको सुबिधा नहुदा केन्द्र तथा प्रदेस सरकारबाट आउने जानकारी समेत ढिलजो गरी प्रप्त गर्नुपर्ने बाध्याता रहेको बताएका छन । पालिकाहरुमा बैङ्क सेवा पुगेपनि इन्टरनेटको सुबिधा नहुदा प्रभावित हुने गरेका छ । 

जिल्लाको शिवनाथ, पञ्चेश्वर, सिगास, सुर्नया गाउपालिका र पुर्चाैडी नगरपालिकमा इन्टरनेटको सुबिधा नहुदा समस्या हुने गरेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!