लेक लागेर विदेशी पर्यटकको मृत्यु

Posted on: 23 Apr, 2019

वैशाख १०, सोलुखुम्बु (रासस) | खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको आज मृत्यु भएको छ । खुम्बुपासाङल्हामु गाउँपालिका–४ फेरुचेमा लेक लागेर अस्ट्रेलियन नागरिक फिलिप मार्गजको ज्यान गएको हो । 

नेपाल ट्रेड कम्पनीमार्फत लुक्लाबाट सगरमाथा आधार शिविरतर्फ जाँदै गर्दा लेक लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिनुभयो । घटनास्थलबाट शवलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी शवपरीक्षणका लागि काठमाडौँ पठाइने प्रहरीले जनाएको छ । 

यही वैशाख ७ गते मात्र सोही क्षेत्रको भ्रमणमा आएका ३६ वर्षीय अमेरिकन नागरिक किस्टोफर बेन्डनको फाक्दिङमा लडेर मृत्यु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!