११ मिनेटको अन्तरमा २ भूकम्प: केन्द्रविन्द्र धादिङको नौबिसे, भूकम्प कि पराकम्प ?

Posted on: 24 Apr, 2019

वैशाख ११, काठमाडौँ | धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर बुधबार विहानै भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुस भएको छ ।

भूकम्प मापन केन्द्रकाअनुसार विहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको हो । त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको छ ।

चार वर्ष अघि १२ वैशाखमा विनाशकारी भूकम्प गएको थियो । आज वैशाख ११ गते त्यसैको झल्को दिनेगरी भूकम्पले हल्लाउँदा धेरै मानिस बाहिरै निस्किएका छन् ।

भूकम्प मापन केन्द्रले आज गएको दुबै भूकम्प बैशाख १२ कै पराकम्प भएको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!