नौबिसे केन्द्रबिन्दु भएर पुन: तेस्रो पटक भूकम्प

Posted on: 24 Apr, 2019

बैशाख ११,  काठमाण्डौ – बुधबार धादिङको नौबिसे केन्द्रबिन्दु भएर भूकम्पको  तेस्राे परकम्प गएकाे छ । बुधबार अपराह्न ३ बजेर ५ मिनेट जाँदा धादिङको नौबिसे केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलकाे परकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बुधबार बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको र ६ बजेर ४० मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको गरी ११ मिनेटभित्र दुईवटा परकम्प गएका थिए ।

परकम्पको धक्का धादिङसहित उपत्यकामा पनि महसुस गरिएको थियाे । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!