दाङमा नौ जनाले हतियार बुझाए

Posted on: 24 Apr, 2019

बैशाख ११, घोराही । दाङमा नौ जनाले इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय दाङले अवैध हातहतियार ३५ दिनभित्र बुझाउन सार्वजनिक सूचना जारी गरेपछि उनीहरुले हतियार बुझाएका हुन् ।

तुलसीपुर उपमहानगरपालिका– १३ फूलबारीका नौ जनाले हतियार बुझाएको प्रहरी नायब निरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

यसअघि चार थान अवैध हतियार सङ्कलन गरिएको थियो । शान्तिनगर गाउँपालिका– २ का विभिन्न गाउँबाट चार नाल बन्दुक सङ्कलन भएको पाण्डेले बताए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!