एनसेल लाभकर विवादमा सर्वोच्चले दियो यस्तो अन्तरिम आदेश

Posted on: 25 Apr, 2019

बैशाख १२, काठमाडौँ– एनसेल लाभकरका विषयमा सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्चले एनसेलको पक्षमा आदेश जारी गरेको छ । 

बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले दुवै पक्षको छलफल नहुँदासम्म एनसेलसँग कर लिने कार्य नगर्न ठूला करदाता कार्यालयलाई अन्तरिम आदेश जारी गरेको हो । 

विवादमा दुवै पक्षलाई छलफलका लागि बोलाउँदै उक्त अवधिसम्मका लागि कर लिने निर्णय थाती राख्न भनेको हो ।

ठूला करदाता कार्यालयले निर्धारण गरेको करविरुद्ध एनसेलले सोमबार सर्वोच्च अदालतमा रिट दिएको थियो ।

यो विवादमा एनसेलले आफुले दुई आर्थिक वर्षमा रकम वुझाएको दावी गर्दै अव १४ अर्व ३६ करोड मात्र वुझाउनु पर्ने दावी गरेको थियो भने ठुला करदाता कार्यालयले एनसेलले ३९ अर्व ६ करोड तिर्नु पर्ने जनाएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!