कर्णालीमा विकास बजेट बढाउन छलफल

Posted on: 25 Apr, 2019

बैशाख १२, कालिकोट । सरकार बजेट निर्माणको अन्तीम चरणमा रहेको बेला कर्णालीमा विकास बजेट बढाउन काठमाडौंमा बिहिबार राष्ट्रिय बजेट छलफल कार्यक्रम आयोजना गरिएको छ ।  संमृद्धि र समानताका लागि समावेशी तथा न्यायोचित विकास भन्ने मुलनाराका साथ राष्ट्रिय बजेट माथिको छलफल कार्यक्रम आयोजना गरिएको हो ।


छलफल कार्यक्रमा अर्थबिध डाक्टर डील्लीराज खनालले कार्यपत्र प्रस्तुत गर्नु भयो । परम्परा देखि चलिआएको असमान स्रोत वितरण प्रकृयामा सुधार ल्याउन कार्यक्रमका सहभागीहरुले सरकारलाइ सुझाप दिएका छन् । सरकारको तथ्याक अनुसार बिकास निर्माणकामा सबै भन्दा पछाडी परेको कर्णाली प्रदेशलाइ उचित बजेट बिनियोजन गर्न किर्डाक नेपालकी महासचिव सम्झना मल्लले छलफल कार्यक्रका अनुरोध गरिन् ।


कर्णाली प्रदेशको पुर्वाधार तथा सामाजिक विकासका लागि राष्ट्रिय योजना आयोगले तयार गर्ने १५ औ विकास बजेटमा बिषेश ब्यवस्था गरिने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कडेलले बताए ।  कर्णालीमा कर्णालीको विकास तथा संबृद्धीका लागि राष्ट्रिय गौरवका आयोजनाहरु संचालन गर्नु पर्ने राष्ट्रिय योजना आयोगका उपाध्याक्ष प्रा.डा पुष्पराज कडेलले बताए ।        छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कडेल आयोगका सदस्य द्धोय डा.राम कुमार फुयाल,मीनबहादुर शाही, कर्णाली बाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा तथा प्रतिनिधि सभासदस्य र जनप्रतिनिधि पत्रकारहरुकोे उपस्थिती रहेको थियो । कर्णालीमा समुचित बिकास बजेट नजाने गरेको किर्डाक नेपालका कार्यक्रम निर्देक गोबिन्द्र बहादुर शाहीले बताए । छलफल कार्यक्रमको आयोजना किर्डाक नेपालले गरेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!