कंचनपुरमा करेन्ट लागेर ६ वर्षीय बालिकाको मृत्यु

Posted on: 26 Apr, 2019

वैशाख  १३, कञ्चनपुर | कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ वाणिमा आज करेन्ट लागेर छ वर्षीया बालिकाको मृत्यु भएको छ । टेबुल पङ्खामा जोडिएको तार छुटेर करेन्ट प्रवाह हँुदा नरेश भुलकी छोरी कमला भुलको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो । 

करेन्टले झड्का दिँदा सोही घरका ५५ वर्षीय देबुवा भुल सामान्य घाइते हुनुभएको छन् । मृतक बालिकाको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल पठाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!