खोटाङमा चट्याङले क्षति गरेको विधुतीय उपकरणहरु फेरियो

Posted on: 26 Apr, 2019

चिसाङ शेर्पा | बैशाख १३, खोटाङ | चट्याङले क्षति गरेको विधुतीय उपकरणहरु फेरिएपछी विजुली वत्ती वलेको छ । जिल्लाको साकेला गाउँपालिका–३ खिदिमा बोपुङमा अवस्थित तावाखोला तेश्रो लघु जलविधुतको पावर हाउसमा नयाँ विधुतीय उपकरणहरु फेरिएपछि वत्ती वलेको हो । १४ दिनमा वत्ती वलेपछि त्यहाँका उपभोक्ताहरुको जनजीवन सामान्य बनेको छ । 

गत वर्षको चैत्र ३० गते पानीसँगै परेको चट्याङले लघु जलविधुतमा क्षति गरेपछि मर्मत कोषको १ लाख ५० हजारले एलसी बोर्ड २ थान, एमसीभी २ थान, लाईटिङ टेष्टर १५ थान, मल्टीप्लग २ थान, टिभी १ थान र डिसहोम सेट १ थान खरीद गरी पुनः उपकरण जडान गरिएपछि बिहीबार साँझबाट वत्ती सुचारु भएको तावाखोला तेश्रो लघु जलविधुतका अध्यक्ष लोक प्रसाद राईले जानकारी दिए । मर्मत कोषवाट उपकरणहरु खरीद गरी वत्ती सञ्चालन गर्दै आए पनि पटक–पटक चट्याङले दुःख दिने गरेकाले थप सहयोगका लागि गाउँपालिकामा निवेदन दिइएको र गाउँपालिकाले सक्दो सहयोग गर्ने आश्वसन दिएको अध्यक्ष राईले बताए ।

वत्ती सुचारु भए पनि चट्याङले ३० उपभोक्ताहरुको घरमा क्षति गरेको छ । चट्याङवाट बच्नलाई लघु जलविधुत आयोजना अन्तरगत विभिन्न स्थानमा गरिएको अर्थिङहरुमा प्राविधिक सल्लाहा अनुसार पानी लगाएर चिस्याउने काम सुरु गरिएको छ । उक्त लघु जलविधुतबाट खिदिमा, मात्तिमको माथिल्लो भाग र दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी बास्थलाका २ सय ५२ घरधुरी लाभान्वित हुंदै आएका छन् । तीनै स्थानमा केन्द्रीय प्रसारण लाईन नहुंदा लघु जलविधुतमा समस्या आउना साथ स्थानीयहरु अध्याँरोमा बस्नु परेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!