पोषण अवस्था सुधार गर्न स्वयमसेविकाको भुमिका महत्वपूर्ण हुने

Posted on: 27 Apr, 2019

बैशाख १४, सल्यान । कपुरकोट गाउँपालिकाभित्र रहेका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाइ मातृ, शिशु तथा बाल्यकालिन पोषण सम्बन्धी अभिमुखिकरण गरिएको छ । ६ वटै वडामा दुई दिने अभिमुखिकरण गरिएको हो ।


दलित विकास समाज सल्यानद्धारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा ३७ जना स्वयमसेविकाहरुलाइ अभिमुखिकरण गरिएको सुआहाराका फिल्ड सुपरभाइजर झिन बहादुर नेपालिले जानकारि गराए । गत त्रैत्र २१ देखि शनिबार १४ बैशाख सम्म अभिमुखिकरण सम्पन्न गरिएको उनले जनाए ।


कपुरकोटमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले समाजमा स्वास्थ्य स्थीतीलाइ मजबुत बनाउन महिला स्वास्थ्य स्वयमसेविकाको भुमिका महत्वपूर्ण रहेको बताउँदै यस प्रकारको तालिमले मातृ, शिशु तथा बाल्यकालिन पोषण सम्बन्धी ज्ञान, सिप र क्षमता अभिवृद्धि हुने बताएका थिए । उनले स्वस्थ जीवनका लागी पोषणमा ध्यान दिन जरुरी रहेको बताउँदै समाजमा स्वास्थ्य अवस्था खस्कीयो भने समग्र गाउँपालिकाको समृद्धि नै हाँसिल गर्न नसकिने बताए ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले गाउँपालिकाको पोषण अवस्था सुधार गर्न र पूर्ण पोषणयुक्त गाउँपालिका बनाउन महिला स्वास्थ्य स्वयंसेविकाको अहम भुमिका रहने धारणा राखेका थिए ।

दुई दिने तालिममा पोषणको महत्व, किशोरि तथा मातृ पोषण, खानेपानी, सरसफाए तथा स्वच्छता, विरामी बालवालिकाको खाना र हेरचाह जस्ता विषयमा अभिमुखिकरण गरिएको स्वास्थ्य चौकी कपुरकोटका इन्चार्ज देवेन्द्र कुमार सेनले जनाए । यस्तै महिला स्वास्थ्य स्वयमसेविकाले प्रयोग गर्ने सामाजिक व्यवहार परिवर्तन तरिका, पोषण स्थीती लेखाजोखा लगाएतका विषयमा पनि अभिमुखिकरण गरिएको उनले जनाए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!