दाङमा बस दुर्घटना हुँदा आठ जना घाइते

Posted on: 28 Apr, 2019

 बैशाख १५, दाङ ।  आइतबार दिउँसो दाङको तुल्सीपुरमा बस दुर्घटना भएको छ।  तुल्सीपुरबाट विराटनगर जाँदै गरेको ना ५ ख २२३४ नम्बरको बस  तुल्सीपुर घोराही सडकखण्ड अन्तर्गत हात्तीखोवामा दुर्घटना भएको हो। 

उक्त दुर्घटनामा आठ जना घाइते भएका छन्। घाइतेहरु सबैको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ। इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख प्रेम शाहीले घाइतेको अवस्था सामान्य रहेको जानकारी दिए।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!