बैतडीमा सेनाको सहयोगमा पुस्तकालय स्थापना

Posted on: 28 Apr, 2019

नरी बडु,  बैशाख १५, बैतडी । बैतडी स्थित नेपाली सेनाले स्थानीय दशरथचन्द माविलाई पुस्तकालय स्थापना गरेर हस्तान्त्रण गरेको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सहयोग होस भन्ने उद्देश्यले नेपाली सेनाको शत्रुमर्दन गुल्मले दशरथचन्द नगरपालिका ५ सुन्दरखालीमा रहेको उक्त विद्यालयलाई पुस्तकालय स्थापना गरिदिएको हो । 


सबै क्षेत्रको अध्ययनका लागि सहयोगी होस भन्ने उद्देश्यले पुस्तकालय स्थापना गरेको   गुल्मपति, सेनानी प्रेमबहादुर गिरीले जानकारी दिनुभयो । सेनाले निर्माण गरेको पुस्तकालयमा विभिन्न प्रकारका पुस्तकहरु राखिएका छन् । आइतवार एक औपचारिक कार्यक्रमका साथ उक्त पुस्तकालय विद्यालयलाई हस्तान्तरण गरिएको थियो । पछिल्लो समय नेपाली सेनाले सैनिक र नागरिकको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले सामाजिक कार्य समेत गर्दै आएको छ । सेनाले यसअघि बैतडीको पञ्चेश्वर र सुर्नया गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्नुका साथै बैतडीका विभिन्न विद्यालयमा विद्यार्थीहरुलाई राष्ट्रिय सेवा दलको तालिम पनि दिदै आएको छ ।

फोटो : सेनाले हस्तान्त्रण गरेको पुस्तकालयमा पुस्तक हेर्दै जिल्ला स्थित सरोकारवाला 

यस बिषयमा तपाइको प्रतिक्रिया...!