दाङ : वनमा निरन्तर ढडेलो, तीन सय हेक्टर वन नष्ट

Posted on: 28 Apr, 2019

वैशाख १५, घोराही । घोराही– ५ धर्नास्थित पाण्डवेश्वर मन्दिर धारापानीको धार्मिक वन क्षेत्रमा शनिबारदेखि आगलागी भएको छ । डिभिजन वन कार्यालयबाट कर्मचारी र प्रहरी आगो निभाउन हम्मेहम्मे प¥यो । 

अहिले दाङको धेरै जङ्गलमा आगलागी भएको छ । आगलागीका कारण वन नाश भएको छ । आफैँ आगो लगाउने र आगो ननिभाउने प्रवृतिका कारण डढेलो नियन्त्रण गर्न समस्या भएको वनका कर्मचारी बताउँछन् । गत चैतको अन्तिम सातादेखि हालसम्म जिल्लामा करीब ३०० हेक्टर वन डढेलोले नष्ट भइसकेको छ । 

त्यस्तै घोराही उपमहानगरपालिका– ४ पालुथान सामुदायिक वनमा समेत आगो लागेको छ । गर्मीसँगै आगो फैलिने क्रम बढेको छ । गाउँ पनि जोखिममा पर्न थालेको छ । रामपुर क्षेत्रको सरयु सामुदायिक वन, पाण्डबेश्वर मन्दिरको धार्मिक वन, धर्नाको जनभावना सामुदायिक वन र गौरी सामुदायिक वनमा आगो लागेको वन डिभिजन कार्यालय घोराहीका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो । आगलागी हँुदा वन्यजन्तु मर्ने र वन मासिँदै गएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!