सिरहाबाट अवैध कपडासहित एक जना पक्राउ

Posted on: 30 Apr, 2019

बैशाख १७, काठमाण्डौ | प्रहरीले सिरहाको मिर्चैया नगरक्षेत्रबाट रु डेढ लाख मूल्य बराबरको अवैध कपडासहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले मिर्चैया नगरपालिका–४ स्थित बताहाखोला नजीकैबाट ‘लेडिजसुट’ र साडीलगायतका तीन बोरा अवैध कपडासहित सिरहाको विष्णुपुर गाउँपालिका–५ निवासी २६ वर्षीय कमलेश महतोलाई पक्राउ गरेको हो ।

भारतबाट स४प १२१ नंको मोटरसाइकलमा अवैधरूपले कपडा ल्याइरहेको अवस्थामा कपडासहित महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरलेले जानकारी दिनुभयो । बरामद सामान आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने प्रवक्ता खरेलले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!