ललितपुरमा जीप दुर्घटना: महोत्तरीका एक युवकसहित ३ जनाको मृत्यु

Posted on: 30 Apr, 2019

बैशाख १७, ललितपुर । बाग्मती गाउँपालिका वडा नम्बर–३ तीनपानेमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

तीनपानेबाट भट्टेडाँडाका लागि छुटेको बा ५ च ५६९६ नम्बरको जीप दुर्घटना हुँदा महोत्तरी बर्दिबासका १९ वर्षका विशाल थापामगर, ललितपुर तीनपानेकी १६ वर्षकी सुनिता लोप्चन  र सरिता मोक्तानको ज्यान गएको प्रहरीले जनाएको छ ।

सोमबार बेलुका ९ बजेतिर भएको दुर्घटनामा विशालको घटनास्थलमै र सुनिता र सरिताको उपचारका क्रममा आनन्द वन अस्पताल ललितपुरमा ज्यान गएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!