१४ वर्षीय बालिका बलात्कार गर्ने ३३ वर्षीय युवा पक्राउ

Posted on: 30 Apr, 2019

वैशाख १७, धनुषा । चौध वर्षीया किशोरी बलात्कार आरोपमा क्षीरेश्वरनाथ नगरपालिका–५,  महेन्द्रनगर बस्ने ३३ वर्षीय राजकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारीअनुसार किशोरीउपर आइतबार नै बलात्कार भए पनि भोलिपल्ट सोमबार मात्र परिवारजनले प्रहरीमा उजुरी गरेपछि अभियुक्त साहलाई प्रहरीले पक्राउ गरेकाे हो ।

घरमा कोही नभएको मौका छोपी साहले घरमा प्रवेश गरी किशोरीलाई बलात्कार गरेको बताइएको छ । किशोरीलाई उपचार तथा स्वास्थ्य परीक्षणको लागि जनकपुर अञ्चल अस्पताल पठाइएको छ । इप्रका महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक अमिर दाहालका अनुसार पीडक साहलाई हिरासतमा राखी जबर्जस्ती करणीको मुद्दा चलाउने तयारी गरिएको छ ।। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!