गण्डकी प्रदेशमा एक विदेशीसहित २ को मृत्यु

Posted on: 30 Apr, 2019

बैशाख १७, पोखरा । गण्डकी प्रदेशमा छुट्टाछुट्टै घटनामा एक विदेशीसहित दुई जनाको मृत्यु भएको छ ।

गोरखाको चुमनुब्री गाउँपालिका–३ मा भिरबाट खसेर रुसका ६८ वर्षीय जायेत्सभ अलेकजेन्डरको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । 

प्रहरीका अनुसार चुम भ्याली गई फर्कदै गर्दा उनी भिरबाट लडेका थिए । 

त्यसैगरी स्याङ्जाको वालिङ नगरपालिका–६ का ६२ वर्षीया मिना खड्का मृत भेटिएकी छन् । 

पोखरा महानगरपालिका–१० रामघाटस्थित गण्डकी अस्पताल अगाडि होटलमा कोठा लिएर बसेकी उनी आज मृत भेटिएको र घटनाबारे  अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!