प्रेसमाथि अङ्कुश लगाउने गतिविधिले लोकतन्त्र कमजोर हुन्छ

Posted on: 01 May, 2019

वैशाख  १८, जनकपुरधाम | सरकारले समाचार प्रकाशन र प्रसारणमाथि अङ्कुश लगाउने गतिविधि बन्द गर्नुपर्ने धारणा सञ्चारकर्मीले व्यक्त गर्नुभएको छ ।

नेपाल पत्रकार महासङ्घ प्रादेशिक समिति प्रदेश नं २ द्वारा आज यहाँ आयोजित ऐक्यबद्धता र्याली र कोणसभामा सञ्चारकर्मीले सो धारणा राख्दै प्रेसमाथि अङ्कुश लगाउने गतिविधिले लोकतन्त्र कमजोर हुन्छ भन्नुभयो ।

वरिष्ठ पत्रकार राजेश्वर नेपालीले लोकतन्त्र स्थापनाका लागि पे्रस चाहिने तर लोकतन्त्र स्थापना भएपछि पे्रससँग शत्रुवत् व्यवहार गर्नु चिन्ताको विषय भएको बताउनुभयो । अर्का वरिष्ठ पत्रकार रामभरोस कापडीले पे्रसमाथि गिद्धे दृष्टि राख्नु अँध्यारोलाई निम्तो दिनु हो भन्नुभयो ।

राजनीतिक विश्लेषक रोशन जनकपुरीले पे्रसमाथि सुनियोजित ढङ्गले आक्रमण हुनु लोकतन्त्रका लागि श्रेयस्कर हुन सक्दैन भन्नुभयो । नेपाल पत्रकार धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले सरकार पे्रस स्वतन्त्रतामाथि आक्रमण गरी पे्रसलाई बन्धक बनाउने षडयन्त्र गरिरहेको आरोप लगाउनुभयो ।

प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहानको सभापतित्वमा भएको सो सभामा उपाध्यक्ष केसी लामिछाने र महासचिव किरण कर्णले सरकार निरङ्कुशता लाद्ने गतिविधितर्फ उद्धृत रहेको विचार राख्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!