कपिलवस्तुमा भरुवा बन्दुकसहित एक पुरुषको शव फेला

Posted on: 01 May, 2019

बैशाख १८, कपिलवस्तु । कपिलवस्तुमा भरुवा बन्दुकसहित एक पुरुषको शव फेला परेको छ । 

 शिवराज नगरपालिका वडा नं. ९ को वगराह खोलाको किनारमा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको र शवको नजिकै एक थान भरुवा वबदुकसमेत रहेको प्रहरीले जनाएको छ । 

शवको पहिचान हुन नसकेको वडा प्रहरीले जनाएको छ । स्थानीय सर्वसाधारणले शव देखिपछि प्रहरीलाई खबर गरेका थिए । 

पोस्टमर्टमका लागि शव शिवराज अस्पताल बहादुरगञ्जमा राखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!