प्रहरीको पेस्तोल लुटेर तस्कर फरार भएपछी ...

Posted on: 01 May, 2019

बैशाख १८, जनकपुरधाम । तस्करहरूको एक समूहले धनुषाको मुखियापट्टी मुसहर्निया गाँउपालिकामा प्रहरीको पेस्तोल लुटेर फरार भएका छन्।

 तस्करहरूको समूहले बुधवार बिहान २ बजेको समयमा गस्तीमा रहेका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक प्रमोद कुमार साहसँग रहेको पेस्तोल १ थान र त्यसको म्यागेजिन समेत लुटेका हुन्।

नेपालबाट भारत तर्फ अवैध रक्सी तस्करी गर्ने २५ जनाको समूहले आक्रमण गरी पेस्तोल लुटेर फरार भएको प्रहरीले जनाएको छ। घटनास्थलमा अहिले धनुषाका प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोको नेतृत्वमा प्रहरीको टोली परिचालन गरिएको छ।

तस्करहरु ठूलो संख्यामा रहेकाले प्रहरी निरीक्षक साहलाई नियन्त्रणमा लिएर पेस्तोल लुटेको प्रहरी नायव उपरीक्षक महतोले जनाए। पेस्तोल लुट्ने तस्करहरुको खोजी भइरहेको र छिट्टै तस्कर पक्राउ गर्ने उनले बताए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!