पलाँताका अग्निपीडितका लागि ६० लाख हस्तान्तरण

Posted on: 01 May, 2019

बैशाख १८, कालिकोट । पलाँता गाउँपालिका–१ खाडाँका अग्निपीडितलाई प्रदेश सरकारले प्रतिपरिवार ५ लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ । गत पुष ९ गते आगलागीबाट नष्ट भएका ३२ घरपरिवारलाई जनही ५ लाख रुपैयाँ दरले १ करोड ६० लाख रुपैयाँ दिएको हो । कर्णाली प्रदेश सरकारका कानुन तथा आन्तरिक मामिला मन्त्री नरेश भण्डारीले गाउँपालिका अध्यक्ष लक्ष्मण बम र प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बममार्फत चेक हस्तान्तण गरेका हुन् ।


प्रदेश सरकारले खाडाका आगलागी पीडितका लागि आवास बनाउन सहयोग गरेको मन्त्री भण्डारीले बताए । ‘गत पुसमा आगलागीबाट पीडित बनेकोहरुको आवास निर्माणका लागि यो रकम हस्तान्तरण गरिएको हो ।’ उनले भने, ‘एकीकृत आवासको अवधारणा अनुसार घर बन्नेछन् ।’ प्रदेश सरकारले गरेको सहयोगबाट एकिकृत बस्ती बनाउने एकै प्रकारको डिजाइनमा घर निर्माण गरिने गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बलमे बताए ।

‘हामी बस्तीको डिजाइन गरीसकेको छौं’ उनले भने, ‘अब तिब्र रुपमा निर्माण कार्य हुन्छ ।’ मन्त्री भण्डारीले भने, ‘पूँजीवादी कानुन एक जालो हो’ आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले पुँजीवादी कानुन एक प्रकारको जालो हो भएको बताएका छन् । कर्णालीको आन्तरिक मामिला तथा कानुन मन्त्रालय गरेको कानुन तर्जुमा तथा सचेतना सम्बन्धि अन्र्तक्रियामा सो कुरा बताए हुन् । मन्त्री भण्डारीले पुँजीवादी कानुन एक प्रकारको जालो भएको र जहाँ माउसुली उम्कन्छन, पुतली अल्झिन्ने गरेको बताए । ‘पूँजीवादी कानुनले सबैको न्याय गर्दैन’ उनले भने,‘हामी नागरिकलाई बचाउने कानुन बनाएका छौं ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!