१३०औं अन्तराष्ट्रिय श्रमिक दिवस: ब्यानरमा मजदुर एकता, कार्यक्रम छुट्टाछुट्टै

Posted on: 01 May, 2019

बैशाख १८, सुर्खेत । ‘संसारको मजदुर एक हौ’ नारा उल्लेखित ब्यानर बोकेका मजदुर सम्बद्ध राजनीतिक संगठनहरु भने एकजुट हुन सकेनन् । १३० औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा संसारका मजदुर एकताको नारा बोकेर छुट्टाछुट्ट मञ्चमा मजदुर अधिकार र मजदुर हितका बिषयमा बोल्न भने मजदुर र राजनीतिक दलका नेताहरु पछि परेनन् ।


नेपाली काँग्रेस सम्बद्ध नेपाल ट्रेड युनियन काँग्रेसको आयोजनामा काँग्रेस पार्टी कार्यालय र सत्तारुढ नेकपा सम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघले वीरेन्द्रनगरमा छुट्टाछुट्टै ¥याली र मञ्चमा भाषण गरेर एकताविरोधी सन्देश दिए । तर, दुबै कार्यक्रमका अथिति राजनीतिक दलका नेता र सरकारका मन्त्रीहरुले भने मजदुर एकताका लागि आफुहरु लागि परेको भन्न भने चुकेनन् ।

बुधबार बिहान नेपाली काँग्रेस निकट नेपाल ट्रेड युनियन काँग्रेसले मंगलगढी चोकबाट ¥याली निकालेर बजार परिक्रममा पछि नेपाली काँग्रेसको पार्टी कार्यालय परिसरमा मजदुर सभाको आयोजना ग¥यो भने त्यस पछि सत्तारुढ नेकपा सम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघले वीरेन्द्रनगरको खुल्ला मञ्चमा पुगेर सभाको आयोजना ग¥यो ।

कर्णाली प्रदेशको सामाजिक बिकास मन्त्रालयको र जिफन्टले आयोजना गरेको ¥यालीमा कर्णाली सरकारका मन्त्रीहरु र नेकपाका नेताहरुले सम्बोधन गरेका छन् । सबै श्रमिक र रोजगारदातालाई आव्ह्रान, सामाजिक सुरक्षामा सधृढीकरण हाम्रो अभियान’ भन्ने नारा उनीहरुले बोकेका थिए । दिवस मनाउन आएका मजदुरहरुले मजदुर हक अधिकार कागजमै मात्र सिमित भएको भन्दै कार्यान्वयन गर्न माग गरेका छन् ।

कर्णाली सरकारका वन तथा वातावरण मन्त्री नन्दसिह बुढाले समय, परिस्थिती अनुसार पारिश्रमिक निर्धारण गर्न आफुहरु लागी पर्ने प्रतिबद्धता जनाए । सरकारका आगामी नीति तथा कार्यक्रममा मजदुर हक अयिधकार कार्यान्वयनका गरिने उनले बताए । सामाजिक बिकास मन्त्रालयका सचिव डा. मानबहादुर बिकले कानुनले मजदरको हकहितलाइ पनि सुनिश्चित गरेको भन्दै अव यसलाई कार्यान्वयनमा लैजानतर्फ लाग्नु पर्ने आवश्यकता रहेको बताए ।

यसैबीच नेपाल टेड्र युनियन काँग्रेसले आयोजना गरेको सभामा पनि काँग्रेस नेताहरुले श्रमिक अधिकारका लागि मजदुर एकता अपरिहार्य भएको बताएका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले ट्रेड युनियन बलियो भएमात्र काँग्रेस बलियो हुने बताए । श्रमिकको हक अधिकारको लागि लड्ने पाटी काँग्रेसमात्र भएको भन्दै वर्तमान सरकारले मजदुरको हित विपरित कार्यमा लागेको आरोप लगाए । काँग्रेसका भातृ संगठनहरुलाई सक्रिय भएर लाग्न सुझाव दिँदै विगतका दिनमा भन्दा आगामी दिनमा श्रमिकहरुलाइ थप चुनौती रहेको भन्दै जस्तो सुकै चुनौतीलाई सामना गर्न तयार रहन आग्रह गरे ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकार मजदुरहरुलाई दमन गर्ने कार्यमा लागि परेको भन्दै अब मजदुरहरु जाग्ने बेला आएको बताईन् । ट्रेड युनियनको अधिकारको लागी आफुहरुले संसदमा कुरा उठाएको उनको भनाई छ । कर्णाली प्रदेशसभा सांसद अमृता शाहीले मजदुरहरुको हकहितको लागी आफ्ना पती अध्यक्ष गणेश शाहीको महत्वपुर्ण योगदान रहेको भन्दै उनको योगदानको कदर गर्न आग्रह गरिन् ।

नेपाली काँग्रेस सुर्खेतका सभापती कमलराज रेग्मीले मजदुरहरुको हक अधिकार प्राप्तिको लागी अहिलेको सरकार गम्भिर बन्न नसकेको आरोप लगाए । उनले मजदुरहरुको अवस्था जटिल रहेको भन्दै काँग्रेस निकट भातृ संगठनहरु जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरे । कार्यक्रममा टेड्र युनियन काँग्रेसका केन्द्रीय उपाध्यक्ष अजयकुमार राईले टेड्र युनियन कमजोर नरहेको स्पष्ट पार्दै सबै एकजुट हुनुपर्ने आवश्यकता औल्याए ।

नेपाली काँग्रेसका पुर्व पाटी सभापती एवम पुर्व राज्यमन्त्री तप्तबहादुर बिष्टले नेपालको इतिहासमा मजदुर आन्दोलनको विशेष महत्व रहेको भन्दै श्रमजिविको पक्षमा आवाज उठाउन सबै संगठनहरु एकजुट हुनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्नेहरु ट्रेड्र युनियनका प्रतिनिधिले श्रमिकका हक अधिकार अझैपनि कागजमै सिमित गुनासो गरेका छन् । उनिहरुले हरेक आन्दोलनमा श्रमिकहरुको योगदान महत्पुर्ण रहेको भन्दै नेपाली मजदुरले अलि पनि न्युनतम ज्यालमा काम गर्न बाध्य भएको बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!