धादिङमा सवारी दुर्घटनामा परि दुई युवकको मृत्यु

Posted on: 01 May, 2019

वैशाख १८, धादिङ । पृथ्वीराजमार्गस्थित गल्छी गाउँपालिका–४ बेल्खुमा आज मोटरसाइकल र माइक्रो बस एक आपसमा ठोक्किएर भएको दुर्घटनापछि आएको अर्को सवारी साधनले मोटर साइकलमा सवार दुई जनालाई ठक्कर दिँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको छ ।

चितवनबाट काठमाडाँैतर्फ जाँदै गरेको बा ९७ प २५३८ नम्बरको मोटरसाइकल र काठमाडाँैबाट नवलपरासीतर्फ आउँदै गरेको  बा ४ ख ५१०३ नम्बरको माइक्रो बस एक आपसमा ठोक्किएपछि मोटरसाइकलमा सवार काठमाडाँै जिल्ला चन्द्रागिरि नगरपालिका–५ का २९ वर्षीय राज महर्जन र सोही नगरपालिका वडा नं १२ का ३० वर्षीय कविकुमार महर्जन सडकमा लडे । सोही बेला ना ६ ख ५६१४ नम्बरको ट्रक ठक्कर दिँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक एवं  सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिनुभयो ।

घटनापछि माइक्रो बस चालक र ट्रक चालकलाई प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिएको छ भने राजमार्ग कुनै अवरोध नभएको प्रहरीले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!