आजको मौसम कस्तो छ ? हेर्नुहोस

Posted on: 02 May, 2019

बैशाख १९, काठमाण्डौ ।  बिहीबार पनि उपत्यकासहित मध्य क्षेत्रको केही ठाउँमा बेलुकीतिर हुरीबतास चल्ने मौसमविद्ले अनुमान गरेका छन् ।

बुधबार बेलुकी पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले मध्य क्षेत्रका धेरै ठाउँमा हुरीबतास चलेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार भारतको विहार र पश्चिम बंगालमा बनेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी र स्थानीय वायुको प्रभावले बिहीबार देशका केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना छ ।

चक्रवातको प्रभावले हिमपात हुनसक्ने भन्दै हिमाल आरोहण तथा पदमार्गमा गएका पर्यटकलाई सचेत हुन मौसमविद्ले आग्रह गरेका हुन् ।

यस्तै केही ठाउँमा असिना पनि पर्ने उहाँको अनुमान छ । बंगालको खाडीको दक्षिण पूर्वी भागमा रहेको शक्तिशाली चक्रवात फानीको प्रभावले शुक्रबार दिउँसोपछि पूर्वी र मध्य क्षेत्रको हिमाली भेगमा भारी हिमपातसहित हुरीबतास चल्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!