काठमाडौँमा पिपलको रुखमा झुण्डिएको अवस्थामा एकजनाको शव फेला

Posted on: 02 May, 2019

बैशाख १९, काठमाडौँ – काठमाडौँको गौशाला नजिकै पिपलको रुखमा झुण्डिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । 

बिहिबार बिहान सात बजे पिपलको रुखमा शव देखेपछि स्थानीय बासिन्दाले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको हो । 

प्रहरी वृत गौशालाका प्रमुख डिएसपी सुनिल मल्लका अनुसार उक्त शब खोटाङ घर भइ हाल काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्दै आएका अन्दाजी ३५–४० वर्षका आङ दावा शेर्पाको हो । 

यो हत्या वा  आत्महत्या के हो भन्ने स्पष्ट नभएको  र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!