टिपरको ठक्करबाट एक युवतीको मृत्यु

Posted on: 02 May, 2019

बैशाख १९, बुटवल– पूर्वपश्चिम राजमार्ग अन्र्तगत बुटवलको पाखापानीमा टिपरको ठक्करबाट कलेजबाट घर फर्केदै युवतीको मृत्यु भएको छ ।

ट्राफ्रिक प्रहरी कार्यालयअनुसार बिहीबार बिहान साढे ११ बजे बुटवलको पाखापानीमा बुटवलबाट बेलबासतर्फ जाँदै गरेको लु ४५ प ७२३४ नम्बर स्कुटीलाई टिप्परले ठक्कर दिँदा बुटवल उपमहानगरपालिका बार्ड नम्बर १२ तामनगरी बस्ने १८ बर्षिया पुष्पा भण्डारीको घटनास्थलमै मृत्यु भएको हो ।

एकै दिशाबाट जाँदै गरेका टिपरले र स्कुटीलाई  ठक्कर दिएको हो ।  प्रहरीले दुईबटा टिपरलाई नियन्त्रमा लिएको छ । कुनले ठक्कर दिएको भन्ने नखुलेकाले अनुसन्धान भईरेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!