विवाहमा बेहुला पक्ष र बेहुली पक्षबीच झडप हुँदा एक जनाको मृत्यु

Posted on: 02 May, 2019

बैशाख १९, गोरखा । गोरखामा बेहुला पक्ष र बेहुली पक्षबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ। बुधबार साँझ ७ बजेतिर पालुङटार ४ मा  भएको झडपमा जन्ती पक्षका ३४ वर्षीय विष्णु कुमालको निधन भएको प्रहरीले जनाएको छ।

घरेलु हतियारको प्रयोगबाट घाइते भएका उनलाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा उनको राति निधन भएको एसपी भोला रावलले बताए।

घाइतेको मृत्यु भएपछि बिहीबार बिहानैदेखि त्यस क्षेत्रमा तनाव सिर्जना भएको इलाका प्रहरी कार्यालय पालुङटारले जनाएको छ। तनाव साम्य गराउन बिहीबार दिउसो चार सेल अश्रुग्यास प्रहार गरिएको एसपी रावलले  जानकारी दिए । उनका अनुसार अहिले स्थिति नियन्त्रणमा छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!