बेहुली र जन्ती पक्षबीच कुटाकुट, एकको मृत्य, १ जना घाइते

Posted on: 02 May, 2019

वैशाख १९, गोरखा । गोरखामा बेहुली र जन्ती पक्षबीच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार केटी जिस्क्याएको भन्दै लम्जुङबाट आएको जन्ती पक्षलाई बुधबार गोरखाको पालुङटार नगरपालिका-४ कुमाल गाउँका बेहुली पक्षले कुटपिट गरेको हुन्।

कुटपिटबाट घाइते लम्जुङका ३४ वर्षीय बिष्णुबहादुर कुमालको उपचारको क्रममा पोखराको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको एसपी भोला रावलले बताए ।

कुटपिटबाट जन्ती पक्षकै अर्का एक जना घाइते छन् । कुटपिटमा संलग्न भएको आशंकामा केही व्यक्तिलाई पक्राउ गरिएको एसपी रावलले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!