जङ्गलमा दुई शव फेला

Posted on: 02 May, 2019

वैशाख १९, भजनी । कैलालीको घोडाघोडी नगरपालिका–३ मा रहेको कालिका सामुदायिक वनमा दुई शव फेला परेको छ ।उक्त शव घोडाघोडी नगरपालिका–३ का २३ वर्षका शिवराज चौधरी र जोशीपुर गाउ“पालिका पिपरकोटीकी २५ वर्षकी निर्मला चौधरीको रहेको बताइएको छ । दुवैले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ । 

शव परीक्षणका लागि धनगढी पठाइएको सुखड इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिनुभयो । शवमा कीरासमेत पर्न थालेकाले केही दिनअघि आत्मत्या गरेको हुनसक्ने बताइएको छ । केही दिनअघि एक महिलाले माइती पक्षलाई फोन गरी श्रीमान्को कुटाइको पीडा सहन नसकी आत्महत्या गर्दैछु भनी जानकारी गराएकी भन्दै केही व्यक्तिले खोजी गरेका थिए । ती महिला यिनै निर्मला चौधरी हुनसक्ने अनुमान गरिए पनि  यकिन नभएको भन्दै यसबारे थप अनुसन्धान भइरहेको उक्तकार्यालयले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!