पदमपोखरीमा ७ दिने पोते बनाउन तालिम सुरु

Posted on: 02 May, 2019

बैशाख १९, मकवानपुर । पदमपोखरी युवा महिला संजालको आयोजनामा पोते बनाउने ७ दिने तालिम आजबाट सुरु भएको छ । 


संजालकी सचिब मेनुका लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपमेयर मिना लामाको प्रमुख आतिथ्यता रहेको थियो ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथी उपमेयर मिना लामाले सीप सिकेर आत्मनिर्भर हुन अनुरोध गर्नु भयो । आर्थिक स्तर उकास्न सिपलाइ निरन्तरता दिनु पर्ने उहाको भनाइ छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष ललित घलान, १३ नम्बर वडा अध्यक्ष मनोज लामा, महिला सेवा बचत तथा ऋणका अध्यक्ष यशोधा पराजुली लगायतको उपस्थिति रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!