नेपालमा चक्रवात ‘फानी’को प्रभाव

Posted on: 03 May, 2019

वैशाख  २०, काठमाडौँ । चक्रवात ‘फानी’का कारण  नेपालको मौसम परिवर्तन भइ मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित वर्षा हुने देखिएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म देखिएको छैन । यद्यपि यसको प्रभावबाट नेपालको पूर्वी र मध्यक्षेत्रमा आज र भोलि हावाहुरीसहित हल्कादेखि भारी वर्षा हुने महाशाखाका मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।

हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना देखिएकाले त्यहाँका बासिन्दा तथा पर्यटकलाई सुरक्षित स्थानमा रहन महाशाखाले आग्रह गरेको छ । चक्रवात ‘फानी’ हाल बङ्गालको खाडी तथा भारतको ओडिसा तटीय क्षेत्र नजिकै देखिएको छ । आजदेखि यो मौसम प्रणाली ओड़ीसाको तटीय क्षेत्रमा मध्याह्नतिर भित्रिने सम्भावना देखिएको र उत्तर–पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने महाशाखाले जनाएको छ । देशको पश्चिमी क्षेत्रमा आज पश्चिमी वायुको प्रभाव रहने हुँदा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ । हिमाली भू–भागमा पनि हिमपातको सम्भावना रहेको छ । आइतबारदेखि देशभर मौसममा क्रमिकरुपमा सुधार आउने सम्भावना छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!