६० किलो गाँजासहित एक भारतीय पक्राउ

Posted on: 03 May, 2019

बैशाख २०, इनरुवा – सुनसरीको कोशी गाउँपालिका–१ राजापोखरी नजिकबाट गए राति ६० किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सुपौल जिल्ला बनैलीपट्टी–२ घर भएका दसरश मेहता रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए ।

नेपालबाट भारततर्फ तस्करी गरेर गाँजा लगिरहेको भनी गोप्य सूचनाका अधारमा सशस्त्र प्रहरीको टोलीले मेहतालाई ६० किलो गाँजासहित पक्राउ गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक फुँयालले बताए । उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!